काँग्रेसमा पौडेलले पाए देउवापछिको वरियता – Himalayan Dainik

काँग्रेसमा पौडेलले पाए देउवापछिको वरियता


काँग्रेसमा पौडेलले पाए देउवापछिको वरियता

काठमाडौँ – नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ ।

सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।

पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।