काठमाडौँ – एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि काठमाडौंमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । टोलीले प्रारम्भिक छनोट पूरा भएपछि पोखरामा प्रशिक्षण गर्ने बताइएको छ ।
एन्फाका अनुसार नेपाली फुटसल टोलीले अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुने एएफसी फुटसल एसियन कप छनोट खेल्नेछ । उक्त प्रतियोगिताको ‘ड्र’ बिहीबार सार्वजनिक हुने एन्फाले जनाएको छ ।
