गाउँपालिका उपाध्यक्षनै एमाले छाडेर कांग्रेसमा प्रवेश – Himalayan Dainik

गाउँपालिका उपाध्यक्षनै एमाले छाडेर कांग्रेसमा प्रवेश


गाउँपालिका उपाध्यक्षनै एमाले छाडेर कांग्रेसमा प्रवेश

अर्घाखाँची – २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराएका हुन् ।

गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुन ।नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।