काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार – Himalayan Dainik

काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार


काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

काठमाडौँ –  नेपाली काँग्रेस राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ ।

आज बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन  र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।