नेपाली कलाकारको हलिउड चलचित्र ‘फाइट एण्ड फ्युरी २’ को गीत सार्वजनिक – Himalayan Dainik

नेपाली कलाकारको हलिउड चलचित्र ‘फाइट एण्ड फ्युरी २’ को गीत सार्वजनिक


नेपाली कलाकारको हलिउड चलचित्र ‘फाइट एण्ड फ्युरी २’ को गीत सार्वजनिक

काठमाडौं – नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि. केसीको हलिउड चलचित्र ‘फाइट एण्ड फ्युरी २’ को गीत सार्वजनिक गरिएको छ ।

सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन् ।

राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रमा समावेश शीर्ष गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा पूर्वडीआईजी रमेश खरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति थियो ।