तुलसीपुर महोत्सवमा ३०० जना भन्दा बढीले लिए स्वास्थ्य सेवा – Himalayan Dainik

तुलसीपुर महोत्सवमा ३०० जना भन्दा बढीले लिए स्वास्थ्य सेवा


तुलसीपुर महोत्सवमा ३०० जना भन्दा बढीले लिए स्वास्थ्य सेवा

तुलसीपुर – तुलसीपुरमा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा ३०० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

सचिवालयमा राखिएको हेल्प डेक्समा अहिलेसम्म प्रेसर जाँच १४६, सुगर जाँच १२४ जना, घाउ सरसफाई ६ जना र १८ जनाले अन्य सेवा लिएको तुलसीपुर महोत्सवका स्वास्थ्य संयोजक भागवत कमला पुरीले जानकारी दिए ।

महोत्सव स्थलको सचिवालय भित्रै तुलसीपुर मेट्रो अस्पतालले महोत्सवमा आउने नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेक्स स्थापना गरेको थियो । उद्योग, व्यापार, कृषि तथा पर्यटनको पर्वद्धन र विकास गर्ने उद्देश्यले पुस १ गतेदेखि शुरू भएको महोत्सव १२ गतेम्म सञ्चालन हुने छ ।