सुनकाे मूल्य एकैदिन सात सय रूपैयाँले वृद्धि – Himalayan Dainik

सुनकाे मूल्य एकैदिन सात सय रूपैयाँले वृद्धि


सुनकाे मूल्य एकैदिन सात सय रूपैयाँले वृद्धि

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर ९३ हजार तीन सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार एक सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।