काठमाडौँ – केही दिनदेखि ओरालो लागेको शेयर बजार आज साताको अन्तिम दिन १२ अंकले बढेको छ ।
मंगलबार, वुधबार र आज बिहीबार गरी १५० अंकभन्दा धेरैले बढेर २५२० को बिन्दुमा बजार अडिएको छ ।
आजको दिनमा विभिन्न कम्पनीका करिब ८३ लाख कित्ता शेयर किनबेच हुँदा साढे ४ अर्ब बराबरको कारोबार भएको छ ।
