राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि शुरु – Himalayan Dainik

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि शुरु


राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि शुरु

काठमाडौँ – राप्रपाको महाधिवेशनको लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार आजदेखि प्रदेश स्तरीय विस्तारित बैठक शुरु हुँदैछ ।

पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको हो ।

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने पुस १२ गते गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ । आज दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा.धवल शमशेर राणा, भुवन पाठकलगायतका नेताहरू सहभागी हुँदैछन् ।