काठमाडौँ – केही दिनदेखि घटेको शेयर बजार वुधबार ९२ अंकले बढेको छ ।
मंगलबार पनि बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक वुधबार ९२.१६ ले बढेर २०५७ को बिन्दुमा रोकिएको छ ।
आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् । त्यस्तै, ५ वटा कम्पनीको धनात्मक सर्किट लागेको छ । त्यस्तै, विभिन्न कम्पनीका ८१ लाख कित्ता शेयर किनबेच हुँदा करिब साढे ४ अर्बको कारोबार भएको छ ।