प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी – Himalayan Dainik

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी


प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी

काठमाण्डौ – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा आज सोमवार सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

धनगढीको फाप्ला मैदानमा एपीएफले प्रदेश २ लाई ४८ रनले हरायो । खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले नौ विकेट गुमाएर ५० रनमात्रै बनायो । उसका लागि मेलिना रायमाझीले सर्वाधिक २० रन बनाइन् ।

आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको छ । गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले दुई ओभर एक बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।

यसअघि गण्डकीलाई ३१ रनमा अलआउट गर्ने क्रममा सुदूरपश्चिमकी कविता जोशी र दीपा जोराले दुईरदुई तथा कविता कुवँर र ईश्वरी विष्टले एकरएक विकेट लिए ।

समूह ुएकु बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् । सात प्रदेश र एपीएफ गरी आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।