चितवनमा चितुवा मृत फेला – Himalayan Dainik

चितवनमा चितुवा मृत फेला


चितवनमा चितुवा मृत फेला

चितवन – चितवनमा चितुवा मृत फेला परेको छ । जिल्लाको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो । रुखमा घाँटी च्यापिएको अवस्थामा स्थानीयले देखेपछि खबर गरेका थिए ।

बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।