चितवन – चितवनमा आजबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् ।
उनले आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई-पासपोर्ट दिने छन् । अनलाइनबाट भरिने ई-पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । मोबाइलबाट पनि फारम भर्न मिल्छ । नागरिकता र फोटो ४ सय केबीसम्मको अपलोड हुने छ ।