धरान – कोभिड महामारीको साढे दुई वर्षपछि आयोजना भएको ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा चर्चित व्याण्ड रविन एण्ड द न्यू रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताएको छ ।
धरान–१२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यू रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट शुरू गरेका थिए ।
चर वर्ष पछि धरान कन्सर्टमा आएका रबिनले ‘भेटे मैले शिवाजी’, ‘केटाकेटी पहिलो नाम’, ‘जति माया लाए पनि’, ‘चिसो चिसो हावा’, ‘दम मरो दम’लगायत करिब १ दर्जन गीतहरु गाएर धरानेहरुलाई फेरि पनि आफ्नो तालमा नचाए ।
पुषको जाडो भए पनि हजारौं दर्शकहरु रबिन एण्ड न्यू रेभुलुसनको गीतमा पुरा मनोरञ्जन लिइरहेको देख्न सकिन्थ्यो ।