कालिञ्चोकबाट नायिक नम्रता भन्दैछिन– ‘यस्तो माया’ गर्न सकूँ ! (भिडियोसहित) – Himalayan Dainik

कालिञ्चोकबाट नायिक नम्रता भन्दैछिन– ‘यस्तो माया’ गर्न सकूँ ! (भिडियोसहित)


काठमाडौं – चर्चित लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको स्वरमा सहिजएको रोम्यान्टिक गी ‘यस्तो माया’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ ।

गीतकार निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।
नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा, मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत ‘यस्तो माया’को भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय छ ।

रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

http://Dr1AMS0GMrI