एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा कांग्रेसको अभिनन्दन – Himalayan Dainik

एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा कांग्रेसको अभिनन्दन


एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा कांग्रेसको अभिनन्दन

कपिलवस्तु – कपिलवस्तुमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गरिने भएको छ ।

नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले एमालेका अध्यक्ष ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नुभएको हो । आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लाग्नुभएका प्रतिपक्षी दलका नेता ओलीलाई साहले स्वागत तथा अभिनन्दन गर्न लाग्नुभएको हो ।
पूर्वप्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र तथा कर्म भूमि बहादुरगंजमा आउन लागेकोले उहाँँको स्वागत तथा अभिनन्दन गर्न लागेको साहले बताउनुभयो । साहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गर्नुभएको थियो ।