साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै – Himalayan Dainik

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै


साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं – साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ।

नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।

नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। भारतले समान खेलबाट ६ अंक जोडेको छ। समान अंक भए पनि बंगलादेश गोलअन्तरका आधारमा नेपाल भन्दा पछाडि छ।

नेपालसहित भारत, भुटान, श्रीलंका र बंगलादेश गरी पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष २ टोली फाइनल पुग्नेछन्।