सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु – Himalayan Dainik

सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु


सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं – सत्तागठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । सर्वदलीय बैठक अघि सत्ता गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आज सर्वदलीय बैठकमा बोलाएका छन् ।

बैठमा विभिन्न राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका छलफल हुनेछ । सर्वदलिय बैठक दिउँसो अपरान्ह ४ बजे बस्नेछ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।