एमाले अध्यक्ष केपी ओली किन जाँदैछन् कपिलवस्त ? – Himalayan Dainik

एमाले अध्यक्ष केपी ओली किन जाँदैछन् कपिलवस्त ?


एमाले अध्यक्ष केपी ओली किन जाँदैछन् कपिलवस्त ?

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न कपिलवस्तु जाने भएका छन् ।

पुस ६ गते जिल्लाको पश्चिम क्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले जनाएको छ ।

पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्तासहित सयौँ नेतारकार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको एमाले कपिलवस्तुले जनाएको छ ।