काठमाडौँ – ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी,आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो । यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए ।