प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक लुम्बिनीमा अयोजना गरिँदै – Himalayan Dainik

प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक लुम्बिनीमा अयोजना गरिँदै


प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक लुम्बिनीमा अयोजना गरिँदै

काठमाडौं – पत्रकारहरूको ठूलो सङ्गठन प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आगामी पुस १२–१३ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी रहने बताइएको छ । पछिल्लो पटक संशोधन गरिएको विधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिएका छन् ।

बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्ने छ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने कार्ययोजना अगाडि सारेको छ ।