शशांकको समर्थन पनि देउवालाई – Himalayan Dainik

शशांकको समर्थन पनि देउवालाई


शशांकको समर्थन पनि देउवालाई

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलपछि कोइरालाले देउवालाई समर्थन गर्ने भएका हुन् ।

यसअघि शशांक कुनै पनि उम्मेदवारको पक्षमा खुलेका थिएनन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाको दुवै प्यानलले शशांकलाई आफ्नो सूचीको केन्द्रीय सदस्यको उम्मेदवार भनेर प्रचार गरेका थिए ।

कांग्रेस सभापतिको निर्वाचनमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणमा शशांकले देउवालाई समर्थन गर्ने भएका हुन् ।

यसअघि सभापतिका प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि देउवालाई समर्थन रहने जनाइसकेका छन् । दोस्रो चरणमा सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअगावै देउवाले आफ्नो पल्ला भारी बनाइसकेका छन् भने शेखर एक्लिँदै गएको देखिन्छ