शेखर कोइरालाद्वारा विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील – Himalayan Dainik

शेखर कोइरालाद्वारा विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील


शेखर कोइरालाद्वारा विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।

आज दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको प्रतिस्पर्धामा आफूले जित्ने दाबी गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुनेछ । त्यसपछि आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गरेका डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’