सदन अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय – Himalayan Dainik

सदन अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय


सदन अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्रले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक देव गुरुङका अनुसार आज बिहान बसेको संसदीय दलको बैठकले सदनको अवरोध खुलाउन आग्रह गर्ने निर्णय गरेको हो ।

उनले भने, “एमालेले सदन अवरोध गरिरहेको छ । एमालेले उठाएको मुद्दाका बारेमा सदनले हल गर्न सक्ने विषय परेन । तथापी सदनमा ध्यानाकर्षण गराइसक्नुभएकाले सदन खुलाउनतर्फ सकारात्मक भएर सोच्नुपर्यो । सधै सदन अवरुद्ध गरिरहँदा सिस्टम विफल हुन्छ,” “त्यसैले सदन खुलाउन आग्रह गर्नुपर्छ । सर्वदलीय बैठक बसेर संसद् खुलाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ । ”