शिक्षकहरूलाई दलीय राजनीतिमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश – Himalayan Dainik

शिक्षकहरूलाई दलीय राजनीतिमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश


शिक्षकहरूलाई दलीय राजनीतिमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका शिक्षकहरूलाई कुनै पनि तहको अधिवेशन र कार्य समितिमा मतदाता हुन नपाउने अन्तरिम आदेश जारी दिएको छ ।

आदेशमा भनिएको छ, ‘हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका प्रत्यर्थी विपक्षीहरूलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्य नगर्नु नगराउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । यो आदेशको जानकारी विपक्षीहरुलाई दिई कानून बमोजिम गर्नू ।’