पुलिसमाथि संकटाको जित – Himalayan Dainik

पुलिसमाथि संकटाको जित


पुलिसमाथि संकटाको जित

काठमाडौं – निरज बस्नेतको निर्णायक गोलमा संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबमाथि सङ्‍घर्षपूर्ण जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १–० ले पराजित गरेको हो।

संकटाको जितमा पहिलो हाफमा निरज कस्नेतले गरेको गोल नै निर्णायक बन्यो। निरजले खेलको १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत् गोल गरेका थिए।

जारी लिगमा उनको यो तेस्रो गोल हो। यसअघि उनले फ्रेन्ड्स र मनाङविरुद्ध समान एक गोल गरेका थिए। यस्तै, निरजको गोल जारी लिगको ५०औं गोल हो। लिगको २७औं खेलमा ५० गोलको आँकडा पूरा भएको हो।