काठमाडौँ महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने – Himalayan Dainik

काठमाडौँ महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने


काठमाडौँ महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा महा-नगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो ।

२७ औँ महानगर दिवसमा सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने महानगरपालिकाले जनाएको छ ।