काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरु राष्ट्रियता, देश विकास तथा न्यायका लागि काँग्रेससँगै रहेको बताएका छन् ।
उनले माओवादीलगायतका दललाई व्यंग्य गर्दै एमाले सरकारमा जानका लागि मात्रै नभएर देशका लागि काँग्रेससँगै रहेको बताए ।
