कांग्रेस महाधिवेशनमा भाजपा नेता हर्षवर्द्धन : जीवनमा पहिलोपटक एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देखेँ – Himalayan Dainik

कांग्रेस महाधिवेशनमा भाजपा नेता हर्षवर्द्धन : जीवनमा पहिलोपटक एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देखेँ


कांग्रेस महाधिवेशनमा भाजपा नेता हर्षवर्द्धन : जीवनमा पहिलोपटक एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देखेँ

काठमाडौं – भारतीय जनता पार्टीका नेता डा. हर्षवर्द्धनले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मन्तव्य दिएका छन् । उनले आफ्नो जीवनमा पहिलोपटक एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देखेको बताए ।

हर्षवर्द्धनले भने,‘मेरो जीवनमा यति धेरै प्रधानमन्त्री एउटै मञ्चमा पहिलोपटक देखें । अर्को दलको महाधिवेशनमा शुभकामना दिन अर्को दलका यति धेरै वरिष्ठ नेताहरु पहिलोपटक देखें ।’

राजनीतिका लागि ठूलो मन हुनुपर्ने अटल विहारी वाजपेयीको भनाई उदृत गर्दै नेपाली नेताहरुको विशाल हृदय भएको बताए । हर्षवर्द्धनले दिल र दिमागको सम्बन्ध नेपाल र भारतबीच रहेको बताए । उनले हिन्दुत्वले पनि दुई देशको सम्बन्धलाई गहिरोसँग जोडेको बताए ।

नेपालमा पीडा हुँदा भारतलाई पनि पीडा हुने गरेको बताए । उनले भने,‘नेपालमा समस्या हुँदा भारतको हृदय दुख्छ ।’