देउवाको विकल्प खोजिरहेका छौं: नेता रिजाल – Himalayan Dainik

देउवाको विकल्प खोजिरहेका छौं: नेता रिजाल


देउवाको विकल्प खोजिरहेका छौं: नेता रिजाल

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् ।

आज काठमाडौँमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।’

कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रिजालले सभापतिको टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको गुनासो गरे । ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन, उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’