राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश – Himalayan Dainik

राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश


राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो ।