नेपाली सेनाद्वारा हतियारसहित शिकारी पक्राउ – Himalayan Dainik

नेपाली सेनाद्वारा हतियारसहित शिकारी पक्राउ


नेपाली सेनाद्वारा हतियारसहित शिकारी पक्राउ

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले २०७८ मंसिर २१ गते अवैध शिकार गर्ने उद्देश्यले आएका केही शिकारीलाई हातहतियारसहित पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला, भेरी गंगा नगरपालिका वडा नं. ५, हात्तिखाल बस्ने लक्ष्मण गिरी,  भद्र बहादुर वली, ठग बहादुर थापा र ललित घर्तीलाई उक्त निकुञ्‍जको हात्तिखालको बबई पाखा ईलाकाबाट शिकारमा प्रयाेग हुने सामग्रीहरु सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्‍ज कार्यालय, बर्दियामा बुझाईएको जानकारी  सेनाले दिएकाे छ ।

 सेनाद्वारा बरामद सामग्री

(क) भरुवा बन्दुक नाल – ३                (ख) बन्दुकको गोली थान – ४१
(ग) छर्रा – १०० ग्राम (मसिनो)            (घ) बन्दुकको केप थान – १५ (खाली)
(ङ) बारुद – ३०० ग्राम                (च) रेति थान – १
(छ) हँसिया थान – ४                    (ज)  सलाई थान – ५
(झ) साईकल छर्रा थान – ३७