शेयर बजार बढ्यो – Himalayan Dainik

शेयर बजार बढ्यो


शेयर बजार बढ्यो

काठमाण्डौ – केही दिनयता लगातार घटेको शेयर बजार आज सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अङ्कले बढेर दुई हजार पाँच सय ४६ दशमलव शून्य आठ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैंक, उत्पादन, फाइनान्स र बीमा समूहको शेयरमा राम्रो वृद्धि देखिएको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । आज दुई सय २७ कम्पनीका ९४ लाख ७१ हजार कित्ता शेयर चार अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले र एक्सेल विकास बैंकको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जनउत्थान लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।