डा. उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक – Himalayan Dainik

डा. उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक


डा. उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

काठमाडौँ  – विश्व किर्तीमानी गीतकार डा। डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ ।

गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ ।यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू ९क्लासिकल बीट० सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ ।

सो अवसरमा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, मिलाप फाउण्डेसन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्व उपाध्यक्ष गीता अधिकारीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उहाँहरूले डा। उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो । यस्तै उपस्थित सञ्चारकर्मीहरूले डा। उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए ।यी गीति कविता र चार पृथकशैलीमा सिर्जना लाई पनि उहाँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा हुनुहुन्छ ।

गीत(सङ्गीत तथा साहित्य सृजनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ । डा। उपाध्यायले आगामि वैशाखमा १०० वटा विश्व रेकर्ड पुर्‍याउने लक्ष्य लिएर काम गरिरहेको बताउनुभयो ।कीर्तिमानी डा। उपाध्यायका २४ एल्वमका सयौं गीत स्रोतारदर्शकमाझ छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफि लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।