मनाङको विजयी यात्रामा पूर्णविराम – Himalayan Dainik

मनाङको विजयी यात्रामा पूर्णविराम


मनाङको विजयी यात्रामा पूर्णविराम

काठमाडौँ – दुई पटकपछि परे पनि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ मस्र्याङ्दीले संकटा क्लबसँग अंक खोस्न सफल भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।२–२ को बराबरी खेल्दै अंक बाड्ने क्रममा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक÷एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे । २ अंक गुमाएको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजि यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम पनि लागेको छ ।

यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत् रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।