काठमाडौँ – हलिउड अभिनेत्री जेनिफर लोरेन्स हाल गर्भवती छिन् । सन् २०१९ मा निर्देशक समेत रहेका आफ्ना प्रेमी कुक मारोनीसँग विवाह गरेकी जेनिफर गर्भवती भएपछि पहिलो पटक रेड कार्पेटमा उपस्थित भएकी छन् ।
आइतबार न्युयोर्कमा आफू अभिनित नयाँ चलचित्र ‘डन्ट लुक अप’को रेड कार्पेट प्रिमियरमा जेनिफर आफ्ना को–स्टार लियोनार्दो डिकाप्रियोसँग उपस्थित भएकी हुन् । त्यसक्रममा उनले आफ्नो ‘बेबी पम्प’को पनि शो गरेकी छन् ।
‘डन्ट लुक अप’लाई एडम माइकले निर्देशन गरेका हुन् । यो चलचित्र डिसेम्बर १० मा केही सिनेमा हलहरुमा प्रदर्शन हुनेछ भने डिसेम्बर २४ बाट ओटीटी प्लेटफर्म नेटफ्लिक्सबाट स्ट्रिमिङ हुनेछ ।