कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई – Himalayan Dainik

कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई


कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई

काठमाडौँ – सरकारले निजामती कर्मचारी सरुवाको सबै अधिकार अब निजामती कितावखानालाई दिने तयारी गरेको छ ।

संघीय मामिला मन्त्रालय अहिले कर्मचारीको सरुवा मात्र केन्द्रित भएकोले संघीयता कार्यान्वयनमा मन्त्रालयले समन्वयकारी भूमिका निभाउन नसकेको सरकारको बुझाइ छ ।

त्यसैले संघीय मामिला मन्त्रालयलाई संघीयता कार्यान्वयन विषयमा मात्र केन्द्रित गर्न कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई दिन लागिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गर्न बनेको कार्यदलले संघीय मामिला मन्त्रालयको नाम फेर्न, कर्मचारीको सरुवाको अधिकार निजामती किताबखानालाई दिन, मन्त्रालयका कर्मचारीको दरबन्दी घटाउन तथा महाशाखाको संख्या ४ मा झार्न सुझाव दिएको छ ।