राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा द्वीटरमा आक्रोस पोख्दै – Himalayan Dainik

राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा द्वीटरमा आक्रोस पोख्दै


राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा द्वीटरमा आक्रोस पोख्दै

काठमाडौं – राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा द्वीटरमा आक्रोस पोख्दै आइरहेका छन् । उनी लिङ्देनको सफतग्रहणमा उपस्थित भएनन् ।

कमल थापाले ज्ञानेन्द्र शाहलाई मात्र होइन, हिमानी शाह माथि पनि आक्रोस पोखेका छन् । हिमानी शाहले विजयी भएका लिङ्देनलाई बधाई दिएकोप्रति आक्रोसित हुँदै अब छिट्टै राजसंस्था फर्किने शुभकामना व्यक्त गर्दै व्यङ्य गरेका छन् ।

कमल थापाले राजेन्द्र थापाको पुुरानो गीतका केही हरफसमेत ट्वीट गर्दै भनेका छन् :

पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?’

आज बिहान आएको मतपरिणामअनुसार राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए भने थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

उनले आज विहान मत परिणाम घोषणा हुनासाथ हारलाई स्वीकार गर्दै आफूलाई हराउन भूमिका खेलेको भन्दै ज्ञानेन्द्र शाहमाथि आक्रोस व्यक्त गरेका थिए ।