सहयात्री बचत तथा ऋण सहकारी संस्था लि को १६औँ वार्षिक साधारणसभा सम्पत्र – Himalayan Dainik

सहयात्री बचत तथा ऋण सहकारी संस्था लि को १६औँ वार्षिक साधारणसभा सम्पत्र


सहयात्री बचत तथा ऋण सहकारी संस्था लि को १६औँ वार्षिक साधारणसभा सम्पत्र

काठमाडौं – सहयात्री बचत तथा ऋण सहकारी संस्था लि को १६औँ वार्षिक साधारणसभा पूर्व सहकारी मन्त्री माननीय पद्मा अर्याल ज्यूको प्रमुख आतिथ्यातामा सम्पन्न भयो।

साधारण सभाको पहिलो शत्रमा राष्ट्रीय सहकारी महासंघ का महाप्रबन्धक चित्रा थाम्सुहाङ सुब्बा र सञ्चारकर्मी पूर्व नेपाल सुन्दरी सुगारिका  के.सी. ज्यूले प्रशिक्षण प्रदान गर्दै उत्प्रेरणा मुलक तथा नेतृत्व विकास बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा बालबचत कर्ता बाबुनानीहरुलाई गितार तथा उत्कृष्ट सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा सहकारी बैंक का सञ्चालक सरिता भट्टराई ज्यूले उद्यमशील अभिवृद्धि सम्बन्धी प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रीय सहकारी महासंघ का संचालक टेक प्रसाद चौलागाईं ज्यू ले संस्थाको लेखा समितिमा रिक्त पदमा निर्वाचन संयोजककाे भूमिका समेत निभाउदै निर्वाचित लेखा संयोजक श्री विपिन कार्की र सदस्य श्री सकिला निरौलालाई निर्वाचित घोषणा गर्दै सफल कार्यकालको शूभकामना व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि पूर्व मंत्री माननीय पद्मा अर्याल ज्यूले सदस्यको सशक्त भूमिका चनाखो भएर निभाउन अनुरोध गर्दै र संस्थाको सञ्चालक समितिलाई जिम्मेवारी पूर्वक सञ्चालनको लागि सचेत गराउनु भएको थियो । कार्यक्रममा माननीय पद्मा अर्याललाई नेकपा एमाले काे सचिवमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । काकार्यक्रममा राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका प्रमुख विष्णु गिरी लगायत अतिथिज्यूहरुको उपस्थिति रहेको थियो । ४५९३ सय सदस्य रहेको सहयात्री साकोसले २७ करोड बराबरको कारोबार बाट ५९ लाख २० हजार खुद मुनाफा गर्न सफल भएको छ । कार्यकारी अध्यक्ष खेम सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष श्री नृपेन्द्र श्रेष्ठ ले गर्नु भएको थियो ।

ग्रामीण लघुबित्त पद्धति अनुशरण गर्दै लघुबित्त कार्यक्रम सञ्चालन गरेको संस्थाले काठमाडौ उपत्यकाभर कार्यक्षेत्र विस्तार, ग्रामीण इलाकामा सेवा केन्द्र थप र विभिन्न सदस्य मैत्री नया कार्यक्रमको घोषणा गर्दै सभा सम्पन्न गरेको छ ।