काठमाडौँ, १४ मंसिर – नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । शाक्यले खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । त्यस्तै, घनश्याम भुसालले ७२५ मत पाएर पराजित भएका छन् ।
त्यस्तै, एमाले सचिव पदमा अन्तिम नतिजाअनुसार गोकर्ण विष्टले पनि लोकप्रिय मत प्राप्त गरेका छन् । विष्टले १९७६ मत पाएका छन् । त्यस्तै, योगेश भट्टराईले १९६४ मत, पद्मा अर्यालले १८०० मत पाएका छन् ।
त्यस्तै, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत, रघुविर महासेठ १५१३ मत पाएका छन् । भिम आचार्यले १३०० मत र टंक कार्कीले ५०० मत प्राप्त गरे पनि पराजित भएका छन् ।