काठमाडौँ, १४ मंसिर – आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।