कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन – Himalayan Dainik

कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन


कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन

काठमाडौँ, १३ मंसिर – नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ ।

यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो । आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो ।

अब यही मंसिर १८ र १९ गते प्रदेश अधिवेशन तोकिएको छ । मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन् ।