काठमाडौँबाट सुन कछुवासहित पक्राउ – Himalayan Dainik

काठमाडौँबाट सुन कछुवासहित पक्राउ


काठमाडौँबाट सुन कछुवासहित पक्राउ

काठमाडौँ, १२ मंसिर – काठमाडौँ हानगरपालिका–१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँसहित सोही महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पहेंलो सुन कछुवा अबैध रुपमा बिक्री गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।