अन्तर्राष्ट्रिय नेपाली समाजको युएई च्याप्टर गठन – Himalayan Dainik

अन्तर्राष्ट्रिय नेपाली समाजको युएई च्याप्टर गठन


अन्तर्राष्ट्रिय नेपाली समाजको युएई च्याप्टर गठन

काठमाडौँ, १२ मंसिर  – अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले संयुक्त अरब ईमिरेट्स (युएई) च्याप्टर गठन गरेको छ ।

मेघराज धमलाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले जनाएका छन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक घिमिरे, उपाध्यक्षमा अबिन दाहाल रहेका छन् भने भवानी नेपाल महासचिव तथा दिनेश भट्ट सचिवमा रहेका छन् ।

त्यस्तै, मोहन पन्थी कोषाध्यक्ष तथा सह–कोषाध्यक्ष कल्पना धमला रहेका छन् । समितिका सदस्यहरुमा बिकास बि.क, भुपेन्द्र आचार्य, अटल उपेन्द्र, मोहन सेङ्दान, राजु खतिवडा, उपेन्द्र कुँवर र गन्ज मगर रहेका छन् ।

कार्यक्रममा नवगठित समितिलाई केन्द्रीय अध्यक्ष घिमिरेले सपथ ग्रहण गराएका थिए ।

देश तथा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्दै नेपाल र नेपालीको हित प्रवरद्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरमा स्थापित इन्सले विभिन्न देशमा राष्ट्रिय समिति बनाउने क्रममा युएईमा पनि गठन गरेको हो ।

अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता र काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा डा. टंकनाथ शर्माको प्रमुख आतिथ्यतामा अनलाईन मार्फत भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय भेलाले गठन गरेको युएईको राष्ट्रिय कार्य समिति घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष घिमिरेले “देश विदेशमा रहेका नेपालीहरु संगठित भएर एक आपसमा सहयोग आदान प्रदान गर्दै नेपालका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान गरी नेपाली भाष, साहित्य, कला, संस्कृति, भेषभुषा, रीतिरिवाज, रहनसहन आदिको संरक्षण र सम्वद्र्धन तथा नेपाली श्रोत, साधन, सम्पदा, पर्यटन तथा कृषिजन्य उत्पादनको प्रवद्र्धनका साथै नेपालीले देश विदेशमा सिकेको ज्ञान,सीप, क्षमता र दक्षतालाई देशको सर्वोपरी हितमा उपयोग गर्न अन्तार्राष्ट्रिय नेपाली समाज सधैँ कटिबद्ध छ र निरन्तर अगाडि बढिरहेको छ” ।

कार्यक्रम सञ्चालन गर्दै समाजका महासचिव अर्जुन श्रीले भने “जहिले पनि नेपालको लागि र जहाँ पनि नेपालीको लागि भन्ने मूल नाराका साथ उक्त भनाईलाई चरितार्थ पार्ने हेतूले हामीले समय सान्दर्भिक परिणाममुखी कार्यक्रमहरुको योजना बनाउँदै ती योजनाहरुको कार्यान्वयनलाई द्रूत गतिमा अगाडि बढाइरहेका छौँ, त्यसैको परिणाम आज नवगठित नेपालको कार्य समिति पनि हो ।”