धनकुटा÷ धनकुटा जिल्लालाई एमालेको किल्ला बनाउन नेतृत्व गरेका युवा नेता राजेन्द्र राईले एमालेको १०औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रिय सदस्यको लागि नेताहरुसँग छलफल भइरहेको छ। केन्द्रिय नेताहरुकै सल्लाहमा उम्मेदवार बन्ने तयारी गरेको उनले बताए। पार्टीको सुदृढ एकता र नेतृत्व निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको राईले बताए।
एमालेमा मन्त्री पद नपाएपछि अन्य दलमा जाने र पार्टी विभाजन गर्न हस्ताक्षर गर्ने अभियान चलिरहेका बेला पार्टीको कमाण्ड सम्हालेर बसेका राई एमाले अध्यक्ष ओलीका विश्वासपात्र हुन् । उनले पार्टी अध्यक्ष ओली, नेताहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ र शंकर पोखरेलको उपस्थितीमा धनकुटाको छिन्ताङमा करीब १० हजारको सहभागितामा सहिद दिवस कार्यक्रम गरी एमालेको शक्ति प्रदर्शन गराएका थिए।
दुईपटक धनकुटा जिल्ला अध्यक्ष निर्वाचित भएका राई २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए। कांग्रेस सहमहामन्त्री सुनिलबहादुर थापालाई हराउदै निर्वाचित भएका थिए।
२०७४ सालकै स्थानीय तहको निर्वाचनमा धनकुटाका सबै स्थानीय तहमा एमालेका उम्मेदवारलाई जिताएर “म्यानअफदी इलेक्सन”को उपाधी पाएका राईलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाउछु भनेपनि पार्टी एकताको अभियानमा नेताहरु मिलाउदा मन्त्री बन्न पाएका थिएनन् ।
२०२२ सालमा धनकुटाको मुगामा जन्मिएका राई पन्चायतका हस्ती सुर्यबहादुर थापासँग पौठेजोरी खेल्दै १३ बर्षको उमेरमै कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।