काठमाडौँ – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ ।
खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ । टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ ।
राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग खेल्ने छ ।