डोटी – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डोटी जिल्ला सभापति पदका लागि पाँच जना प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार जिल्लाको नेतृत्व गर्न वर्तमान सभापति प्रदीप देउवासहित टेकराज ओझा, नरवहादुर ढाँट पाल, नरेन्द्रवहादुर सिंह र भूमिराज बडु प्रतिस्पर्धामा छन् ।
यस्तै उपसभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सचिव नारायण जोशी, पदम रावत, बमबहादुर कठायत र बाजीसिंह खड्का विजय उपसभापतिमा प्रतिस्पर्धा गर्दैछन् । सचिवमा ओमप्रकाश पाठक, कुवेरबहादुर खड्का, गणेशबहादुर खड्का, नरबहादुर खड्का र नारायणबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ । सहसचिवमा कृष्णबहादुर बम, गोकर्णबहादुर मलासी, छत्रबहादुर कठायत, डम्मर बम र शेरबहादुर बोगटीबीच प्रतिस्पर्धा हुने छ ।