कांग्रेसको चुनावमा विद्यालय बन्द – Himalayan Dainik

कांग्रेसको चुनावमा विद्यालय बन्द


कांग्रेसको चुनावमा विद्यालय बन्द

सुर्खेत – नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ ।

विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ ।

प्रचार्य कृष्ण सापकोटाका अनुसार स्थानीय सरकार प्रमुखको निर्देशन आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयमा करिब १३ सय विद्यार्थी अध्ययन गर्छन् । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, दलगत राजनीति तथा अन्य सभा सम्मेलन गर्न नपाइने उल्लेख छ । त्यस्तै दलीय राजनीति तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ ।