एमालेले बोलायो स्थायी कमिटी बैठक : यस्ता छन् एजेण्डा – Himalayan Dainik

एमालेले बोलायो स्थायी कमिटी बैठक : यस्ता छन् एजेण्डा


एमालेले बोलायो स्थायी कमिटी बैठक : यस्ता छन् एजेण्डा

काठमाडौँ, मंसिर –

 महाधिवेशनको सम्मुखमा रहेको नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुने बताइएको छ । बैठकमा पाँच प्रतिशत मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ ।

नेताहरुका अनुसार प्रस्ताव भएका नामहरू आजै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमालेले १९ सय ९९ महाधिवेशन प्रतिनिधिमार्फत २३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।