कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित – Himalayan Dainik

कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित


कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं – भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

सिंहदरबारमा आइतबार बोलाइएको बैठक कोरम नपुगेपछि मंसिर १७ गते सम्मलाई स्थगित गरिएको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले एमाले र कांग्रेसका सांसदहरु महाधिवेशनको कारण उपस्थित नहुँदा समितिको बैठक बस्न आवश्यक कोरम नपुगेको जानकारी दिए ।

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतहरुको सुनुवाइका लागि आज आइतबार बैठक बोलाइएको थियो ।

संसदीय सुनुवाइ समिति १५ जना सांसद सदस्य छन् । बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्यसमेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनुपरेको समितिका सभापति कर्णले जानकारी दिए ।